Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

अख्तियारका पूर्वायुक्त पाठक भ्रष्टाचारी ठहर

18

काठमाडौं,विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहीबार पाठकलाई दोषी ठहर गर्दै उक्त कैद सजाय र ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार तीन वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप तीन महिना कैद गर्ने फैसला सुनाएको छ ।

अदालतले नेपाल इञ्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र ३९ लाख जरिवाना गर्ने पनि फैसला सुनाएको छ । पूर्वआयुक्त पाठकले नेपाल इञ्जिनियरिङ कलेजको जग्गा विवादमा ७८ लाख घुस लिएको खुलासा भएपछि विवाद भएको थियो । उक्त प्रकरणबाट बच्नका लागि पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए । अख्तियारले राजीनामा दिएपछि पाठकमाथि अनुसन्धान गरी घुस रिसवतमा मुद्दा दायर गरेको थियो । अदाललते बिहीबार यसबारे फैसला गर्दै दोषी ठहर गरेको हो ।

आरोप लागेको तीन वर्ष बढी समयपछि उनको भ्रष्टाचार पुष्टि भएको हो । पाठकले घुस लिएको अडियो र भिडियोहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशित प्रसारित भएको थियो । सोसँगै उनी निलम्बनमा परेका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै मुद्दा अघि बढाएको थियो । भ्रष्टाचार निवारण गर्ने निकाय अख्तियारमै रहेका कारण उनलाई थप तीन महिना बढी कैद सजाय भएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर