Sat2024 May 25
२०८१ जेठ १२, शनिबार

अज्ञात पक्षद्वारा पत्रकारको गाडी तोडफोड

9

चितवन । अज्ञात पक्षद्वारा पत्रकार राजनदिल गुरुङकोमा गाडी वैशाख ३० गते तोडफोड गरी सञ्चार सामाग्री सहित नगद रकम लगेको प्रहरीले जनाएको छ ।

राप्ती नगरपालिका– ७ वीरेन्द्रनगर चोक नजिक पार्किङ गरेर राखेको बा १७ च ५४४१ गाडीमा अज्ञात पक्षले तोडफोड गर्नुको साथै एक थान क्यामरा र २३ हजार रूपियाँसमेत लगेको गुरूङले बताए। घटनाका बारेमा पीडितले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएका छन् ।

गाडीमै रहेको लाइसेन्स र एटिएम कार्ड खुरखेरे चोकमा भेटिएको गुरुङले बताउनुभयो । घटनामा सङ्लग्नहरूको पहिचान र खोजी कार्य भइरहेको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर