Thu2024 October 10
२०८१ असोज २३, बुधबार

‘अझै माया दिन्थेँ’ (सम्झनाको गीत)

117

मेरा रहरहरू बिछोडको पहिरोले पुरिए
मनका खुसीहरू नफर्किने गरी उजाडिए
आशाका लुगा मेरा, थाहै नपाई उतारिए
जति रोएँ सम्झेर, पीडाहरू झन् बल्झिए
मेरा रहरहरू बिछोडको पहिरोले पुरिए……….

हरेक जन्ममा हाम्रो साथको साइत जुरोस्
तिम्रो यादमा गीतहरू लेख्दा शब्द फुरोस्
किन होला हामीलाई छुटाउन दैव सुरिए
मेरा रहरहरू बिछोडको पहिरोले पुरिए……….

कुरेको छु तिमीलाई एकदिन आउँछौ भनी
मलाई बनाऊ तिमीले आफ्नो प्रेमको धनी
देख्न भेट्न हरायो खुसीका दिन फेरिए
मेरा रहरहरू बिछोडको पहिरोले पुरिए……….

जोडी देख्छु मैले सँगै कति धेरै बाँचेको
थाहै नहुने केही, भाग्यले के छ आँटेको
हाम्रा पलहरु यसरी कति चाँडै तुरिए
मेरा रहरहरू बिछोडको पहिरोले पुरिए……….

यस्तो हुन्छ थाहा भए अझै माया दिन्थेँ
हरेक मूल्यमा तिम्रा लागि खुसी किन्थेँ
जानी नजानी मेरा कर्महरु बिरिए
मेरा रहरहरू बिछोडको पहिरोले पुरिए……….

छैन मसँग तरकिब तिम्लाई फर्काई ल्याउने
दैव दायाँ नभएपछि कसलाई पत्याउने
मनमा अपुरै रहने चाहनाहरु हुर्किए
मेरा रहरहरू बिछोडको पहिरोले पुरिए……….

प्रकाशित मिति : २०८१/०५/२७

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x