Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अध्ययनका लागि बेलायत पुगेकी स्याङ्जाकी युवतीको मृत्यु

18

पोखरा । उच्च शिक्षा अध्ययनका लागि बेलायत पुगेकी स्याङ्जाकी एक युवतीको निधन भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा बिरुवा गाउँपालिका वडा नं.४, ओरस्टेकी ३१ वर्षीया कमला गुरुङ रहेकी छन् । उनी नोभेम्बर ३० तारिकका दिन बेलायत पुगेकी थिइन् । डिसेम्बर ३ तारिकका दिन स्वास्थ्यमा एक्कासी समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा गत आइतबार निधन भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए ।कमलाको मृत्यु भएपछि उनका श्रीमान बेलायत गएको बताइएको छ । उनी बीपीपी यूनिभर्सिटी वेष्ट लन्डनमा मास्टर्स गर्न बेलायत गएकी थिइन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर