Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अन्तर्राष्ट्रिय र आन्तरिक विमान स्थलहरु यात्रुशून्य, कसरी हुन्छ असुली अर्बाैं लगानी

17

रुपन्देही, भदौ १२ । काठमाण्डु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली र हङकङको लागि उडान सुरू गरेको नेपाल एयरलाइन्सले पहिलो दिन दिल्ली र हङकङका यात्रुबिना नै उडान गरेको छ ।

उडानको पहिलो दिन मंगलबार नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली र हङकङ जाने एउटा पनि यात्रु पाउन सकेन्।
नेपाल एयरलाइन्सले काडमाडौंलाई ट्रान्जिट बनाएर उडान सुरू गर्न लागेको भन्दै सोमबारदेखि मात्रै टिकट बुकिङ खुला गरेको थियो। तर पहिलो दिनको उडानमा दिल्ली र हङकङ जाने कुनै पनि यात्रुले टिकट नकाटेको एयरलाइन्स स्रोतबाट जानकारी प्राप्त भएको छ ।

नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले सोमबारदेखि मात्र टिकट बुकिङ खुला भएकाले टिकट काट्ने यात्रु नभएको र सिस्टममा समेत केही समस्या भएकोले मंगलबार काठमाडौं ट्रान्जिट भएर जाने यात्रु नभएको बताए।
नेपाल एयरलाइन्सले झण्डै तीन महिनादेखि मलेसियाको क्वालालम्पुरबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएको छ ।

राष्ट्रिय ध्वजावाहकले साप्ताहिक रूपमा मलेसियाको क्लालालम्पुरबाट उडेर भैरहवा हुँदै काठमाडौं जाने गरेको छ । यसअघि मलेसियाबाट आएका यात्रुलाई भैरहवामा झार्ने बाहेक भैरहवाबाट यात्रु चढाउने गरेको थिएन ।
मंगलबारदेखि मलेसियाबाट आउने सोही जहाजमा हङकङ र दिल्ली जान पाउने गरी उडान सुरू गरे पनि गन्तव्यमा जाने एउटा पनि यात्रुले टिकट नकाटेको एयरलाइन्सले जनाएको छ ।

पहिलो दिन गन्तव्यमा जाने यात्रु नभए पनि अर्को ट्रान्जिट उडान सेप्टेम्बर ५ अर्थात् यही भदौ १९ गते हुने बताइएको छ । सो दिनको टिकट बुकिङ गर्दा काठमाडौंबाट हङकङको लागि इकोनमी तर्फको भाडादर ५१ हजार ५ सय ५१ तोकिएको छ ।
एयरलाइन्सका अनुसार भैरहवाबाट काठमाडौं जाँदा थप २ हजार शुल्क तिर्नुपर्छ । त्यो समेत जोड्दा भैरहवाबाट हङकङका लागि ५३ हजार ५सय ५१ रुपैयाँ भाडादर तोकिएको छ ।
त्यस्तै बिजनेस क्लासमा २ हजार थप समेत गरी भैरहवादेखि हङकङका लागि १ लाख १ हजार १४ रुपैयाँ टिकट दर तोकिएको छ ।

सेप्टेम्बर ५ कै लागि काठमाडौंबाट दिल्ली उडान गर्दा इकोनमी क्लासमा ११ हजार २ सय २७ रुपैयाँ रहेकोमा भैरहवादेखि काठमाडौंसम्मको थप २ हजार गरी १३ हजार २ सय २७ रुपैयाँ तोकिएको छ ।

त्यसैगरि देशका विभिन्नस्थानबाट गुल्मी जानको लागि हालसालै बनाइएको रेसुङ्गा विमान स्थल पनि गत दुई महिनादेखि एक उडान पनि भरेको छैन् । खराब मौसम एवम् यात्रुको चाप नभएका कारण रेसुङ्गा विमान स्थल सुनसान देखिन्छ । काठमान्डौदेखि ६५०० भाडा लाग्ने भएता पनि यात्रुको अभावले गर्दा रेसुङ्गा विमान स्थल धरापमा परेको छ । सानो देशमा युनिभर्सिटि, कलेज, अस्पताल उद्योग खोलेर जनतालाई रोजगारी, स्वास्थ्य, शिक्षा सुलभ गर्नु पर्नेमा मोटो रकमको कमिसनको लोभमा च्याउ उम्रे जस्तै ठाउँ ठाउँमा हामी विमान स्थल त बनायाँै तर त्यो विमान स्थलमा आवत जावत गर्ने जनसंख्याको चाप कति छ त्यो हामी विचार गर्दैनौं । हालको अवस्था त्यसैको परिणाम हुन सक्छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर