Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अपहरण, शरीर बन्धक तथा बलात्कार घटनाको मुद्दा मुल्तबीमा

17

सर्लाही १८ । वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक बनाइ बलात्कार गरेको कसुरमा मलंगवा नगरपालिका–७ का ३४ वर्षीय अभिनाश कुमार यादव भन्ने अखलेश्वर यादव र चक्रघट्टा गाउँपालिका–६ का २९ वर्षीय प्रमोद कुमार राय भन्ने प्रमोद रायविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० मङ्सिर ७ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

आरोपितहरु विरुद्ध जिल्ला अदालतमा ०७९ माघ २० गते दायर भएको मुद्दामा जिल्ला अदालतका न्यायाधिश कमल प्रसाद पोखरेलको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडितलाई आरोपितले ०७९ मङ्सिर २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा माघ १५ गते उजुरी दिनु भएको थियो । जिल्ला प्रहरी कार्यालयले माघ १६ गते उजुरी दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १६ गते जिल्ला अस्पताल मलंगवामा गरिएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर