Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन

17

अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ । २८ वर्षीया  बीसीलाई बुधबार राति उपचारका लागि थापाथली स्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो ।

झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् । बिष सेवन गर्नुको के कारण थियो किन बिष सेवन गरिन, हत्या हो कि आत्महत्या भन्ने बारे कुनै तथ्य फेला परेको छैन्।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर