Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अमेरिकाको हवाई जंगलमा भयंकर आगलागी

16

एजेन्सी । अमेरिकाको हवाई जंगलमा भयंकर आगलागी भएको छ । आगोको चपेटमा अहिलेसम्म ३६ बढीले ज्यान गुमाएका छन्। अनेकौं कार र ऐतिहासिक भवनहरू पनि जलेर खरानी भएका छन्। नौसेना आगोमाथि नियन्त्रण पाउने कोशिसमा छ।
हवाईको माउई काउन्टीको लाहाइना जंगलमा लागेको भीषण आगलागीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । माउ काउन्टीले बुधबार साँझ आफ्नो वेबसाइटमा जारी एक विज्ञप्तिमा यो जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ, दक्षिणबाट गुज्रिएको डोरा आँधीका कारण जंगलमा लागेको आगोले कैयौं गाडीहरु जलेका छन् भने कैयौं ऐतिहासिक भवनहरु मलबाको थुप्रोमा परिणत भएका छन् । रातभरि आगोको ज्वाला बढिरहँदा बालबालिका र वयस्कहरू सुरक्षा खोज्दै समुद्रमा पस्न बाध्य भएको बताइएको छ।
यसअघि अधिकारीहरूले आगलागीका कारण २७१ संरचनामा क्षति पुगेको र दर्जनौं घाइते भएको बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार हवाईको माउई टापुमा लागेको डढेलो नियन्त्रण गर्न ुसबै उपलब्ध संघीय स्रोतहरूु प्रयोग गर्न आदेश दिएको बताएका छन्। यस आगलागीमा कम्तीमा छ जनाको मृत्यु भएको छ । राष्ट्रपतिले उद्धार कार्यमा तटरक्षक र नौसेनाले पनि सहयोग गरिरहेको बताए ।

आगो निभाउनका लागि नौसेनाले ब्ल्याक हक हेलिकप्टर उपलब्ध गराएको छ भने हवाई नेशनल गार्डले आगो निभाउन र खोजी तथा उद्धार कार्यका लागि चिनूक हेलिकप्टर तैनाथ गरेको छ। यातायात विभागले टापुमा फसेका पर्यटकहरूलाई बाहिर निकाल्न वाणिज्यिक एयरलाइन्ससँग काम गरिरहेको छ। उही समयमा, गृह र कृषि विभागहरू आगो निभिएपछि राहत कार्यमा सहयोग गर्न तयार छन् ।

एक विज्ञप्ति मार्फत, राष्ट्रपतिले प्रियजनहरू गुमाएका परिवारहरूप्रति समवेदना व्यक्त गरेका छन् । यो खतरासँग लड्न जारी राख्ने साहसी अग्नि नियन्त्रकहरू र उद्धारकर्ताहरूप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन् । लहैना, पुलेहु र दुर्गम क्षेत्रमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर