Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट २२ जनाको मृत्यु, ६० जना घाइते

16

अमेरिकाको मेन राज्यस्थित लिविस्टनमा बुधबार राति अन्धाधुन्ध गोली प्रहार हुँदा २२ जनाको मृत्यु भएको छ । एक रेस्टुरेन्ट र अन्य दुई स्थानमा एकै व्यक्तिले गोलीकाण्ड मच्चाउँदा ६० जना घाइतेसमेत भएका छन् । सार्वजनिक सुरक्षाका लागि माइनका आयुक्त, माइक साउचकले बुधवार राती लेविस्टनको एक बलिling गल्ली र रेस्टुरेन्टमा सामूहिक गोलीबारीको पहिलो अपडेट दिन्छ।

प्रहरीका अनुसार मृतकको संख्या बढ्नसक्छ किनभने कैयौँ मानिसहरू गम्भीर घाइते भएका छन् । सीएनएनका अनुसार आक्रमणकारीको पहिचान गरिएको छ तर उनलाई गिरफ्तार गर्न सकिएको छैन ।

आक्रमणकारी ४० वर्षीय रोवर्ट कार्ड भएको बताइएको छ । आक्रमणकारीले किन गोली चलाए भनेर पनि केही खुल्न सकेको छैन । आक्रमणकारीको तस्वीर पनि सार्वजनिक भएको छ । रोवर्टले मेन राज्यको तीन फरक–फरक स्थानमा गोली चलाएका थिए ।

स्पेयरटाइम रिक्रियसन, स्किमेन्जिस बार एन्ड ग्रिल रेस्टुरेन्ट र वालमार्ट सेन्टरमा उनले अन्धाधुन्ध गोली चलाएका हुन् । उनी बन्दुक र गोलीसहित हिँडिरहेकाले मेन राज्यमा मानिसहरूलाई सुरक्षित भएर बस्न आग्रह गरेको छ ।

सहजै बन्दुक खरिद गर्न सकिने भएकाले अमेरिकामा बन्दुक हिंसाका घटनाहरू दोहोरिइरहन्छन् । यस वर्ष अक्टोबर २६ अर्थात् आजको मितिसम्ममा मात्र अमेरिकामा बन्दुक हिंसाका घटनाले ३५ हजार २७० जनाको ज्यान लिइसकेको छ । पछिल्लो १० महिनामा अमेरिकामा यस्ता घटनामा हरेक महिना करिब ३५ सय जनाले ज्यान गुमाइरहेका छन् । बन्दुक हिंसाको सोही अवधिमा अमेरिकामा ३० हजार ६२० जना घाइते भएका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर