Sat2024 July 27
२०८१ साउन १२, शनिबार

पहिलो सन्तानलाई अमेरिकी नागरिक बनाउने योजनामा रेखा थापा

14

मंसिर १७, रुपन्देही । रेखाले पहिलो सन्तान नेपालमा नभइ अमेरिकामा जन्म दिदैछिन् । त्यसका लागि उनी आगामी साता अमेरिका जाने तयारमा छिन् ।

२०२३ सेप्टेम्बर महिनामा चर्चित अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य रेखा थापाले गर्भवती भएको घोषणा गरेकी थिइन् । गत वर्ष प्रेमी बलराम शाहीसँग विवाह गरेपछि फाल्गुन–चैत्र महिनामा सन्तान आउने अपेक्षासँगै उनी आमा बन्ने तयारीमा छिन् ।

वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहेका युवाहरुलाई स्वदेश फर्काउनु पर्छ भन्दै आएकी रेखाले आफ्नो सन्तान अमेरिका जन्माउने लक्ष्य राखेकी छिन् भने यो उनको नैतिकतामाथि प्रश्न खडा गर्ने प्रसङ्ग बन्न सक्छ । अमेरिकामा जन्मने बच्चा सिधै अमेरिकाको नागरिक हुने नियम छ । यसो गरेर उनी अमेरिकामा मै आफ्नो परिवारसँग आमा बनेपछिको जीवन बिताउन लागेकी त होइनन् भन्ने प्रश्न आउनु स्वाभाविक नै हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर