Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अर्जेन्टिनाले बनायो टि२० क्रिकेटमा ४ सय २७ रन

17

एजेन्सी – अर्जेन्टिना महिला क्रिकेट टोली टि२० क्रिकेटमा ४ सय रन बनाउने पहिलो टोली बनेकोछ । महिला टि२० आई खेलमा अर्जेन्टिनाले चिलीलाई ३ सय ६४ रनले हराएको छ ।

सेन्ट अल्बान्स क्लब, ब्यूनस आयर्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अजेन्टिनाले २० ओभरमा १ विकेट गुमाउँदै ४ सय २७ रन बनायो । यो महिला टि२० आईमा मात्रै नभएर कुनैपनि टि२० खेलमा बनेको सर्वाधिक धेरै हो ।

टि२० आई पुरुष क्रिकेटमा केहि साताअघि नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको थियो । त्यो नै टि२० आईको उच्च योगफल थियो । त्यसै खेलमा नेपाल २ सय ७३ रनले विजयी भएको थियो । त्यो नै सर्वाधिक ठूलो जित थियो । तर उक्त कीर्तिमान तोडिएको छ ।

महिला टि२० आईमा भने यसअघि २०२२ मार्चमा बहराइनले साउदी अरेवियाविरुद्ध ३ सय १८ रन बनाएको थियो । युगान्डाले मालीविरुद्ध ३ सय १४ रन बनाएको थियो ।

अजेन्टिनाकी लुलिसा टेलर ८४ बलमा २७ चौकासहित १ सय ६९ रनमा आउट भइन् । उनी महिला टि२० क्रिकेटमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेकी छिन् । उनले बहराइनकी दीपिकाको १ सय ६१ रनको कीर्तिमान तोडेकी हुन् ।

अर्की ओपनर अल्बर्टिना गालन ८४ बलमा २३ चौकासहित १ सय ४५ रनमा नटआउट रहिन् । पहिलो विकेटका लागि गालन र टेलरले ३ सय ५० रनको तेहोरो शतकीय साझेदारी गरेका थिए । कुनैपनि विकेटका लागि टि२० क्रिकेटमा भएको उच्च साझेदारी समेत हो ।

जितको लागि ४ सय २८ रनको विशाल विजयी लक्ष्य पछ्याएको चिली १५ ओभरमा ६३ रनमा अल आउट भयो । चिलीकी जेसिका मिरान्डाले २९ बलमा ४ चौकासहित सर्वाधिक २७ रन बनाइन् । चिलीका ७ खेलाडी शून्यमा आउट भएका थिए । सिरिजको दोस्रो खेल आज र तेस्रो खेल भोली हुनेछन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर