काठमाडौं, ३१ भदौ । मध्य सुडानको एउटा गाउँमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले आइतबार गरेको आक्रमणमा ४० सर्वसाधारणको मृत्यु भएको छ । एक गैर–सरकारी समूह अबु गौटा प्रतिरोध समितिकाअनुसार “गेजिरा राज्यको अबु गौटा क्षेत्रको गौज अल–नाका गाउँमा आरएसएफको आक्रमणमा परि उनीहरूको मृत्यु भएको हो ।
आरएसएफले डिसेम्बर २०२३ मा सुडानी सशस्त्र बल (एसएएफ) ले राज्यको राजधानी वड मदानीबाट फिर्ता लिएपछि गेजिरा राज्य नियन्त्रणमा लिएको थियो । अप्रिल १५, २०२३ देखि, सुडान एसएएफ र आरएसएफबीचको हिंसात्मक द्वन्द्वमा फसेको छ । द्वन्द्वले कम्तिमा १६ हजार ६ सय ५० को मृत्यु र लाखौं मानिसहरूलाई विस्थापित गरेको छ ।