Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अवैध अमेरिकी डलरका कारोबारी श्रेष्ठ प्रहरी हिरासतमा

19

काठमाडौं ।  अवैध रूपमा विदेशी विनिमय (अमेरिकी डलर)को कारोबार गरेको अभियोगमा ललितपुरबाट एक व्यक्ति पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठ मंगलबार पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई ललितपुर महानगरपालिका-६ वकुवहालबाट अमेरिकी डलर १ सय दरको १ सय ९८ थानसहित पक्राउ गरेको हो ।

श्रेष्ठलाई विदेशी विनिमय सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर