आईसीसी विश्वकप २०२३ को ४३ औँ खेलमा अष्ट्रेलियाले बंगलादेशविरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको छ । ग्लेन म्याक्सवेल र तेज गेंदबाज मिचेल स्टार्कलाई आराममा प्लेइङ इलेभेनबाट बाहिर राखिएको छ । सिन एबोट र स्टिभ स्मिथ अष्ट्रेलियाको प्लेइङ इलेभेनमा फर्किएका छन् । बंगलादेशका नसुम अहमद प्लेइङ इलेवनमा फर्किएका छन् । यो खेल पुणेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा भइरहेको छ । अष्ट्रेलियाको टोलीले सेमिफाइनलका लागि टिकट बुक गरिसकेको छ भने बंगलादेशको टोली खेल जितेर प्रतियोगितालाई बिदाइ गर्न चाहन्छ ।
बंगलादेशको प्लेइङ इलेभेन : तान्जिद हसन, लिटन दास, नजमुल हुसेन शान्तो (कप्तान), महमुदुल्लाह, मुस्फिकुर रहिम (विकेटकिपर), तौहीद हृदोय, मेहदी हसन मिराज, मेहदी हसन, नसुम अहमद, तस्किन अहमद, मुस्ताफिजुर रहमान।
अष्ट्रेलियाको प्लेइङ इलेभेन: डेभिड वार्नर, ट्राभिस हेड, मिचेल मार्स, स्टिभ स्मिथ, मार्नस लाबुस्चेन, जोस इन्ग्लिस (विकेटकिपर), मार्कस स्टोइनिस, शान एबोट, प्याट कमिन्स (कप्तान), एडम जाम्पा, जोस हेजलवुड।
अष्ट्रेलियाले अन्तिम खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै रोमाञ्चक जीत दर्ता गरेको थियो । कांगारु अलराउन्डर ग्लेन म्याक्सवेलले अफगानिस्तानविरुद्ध अविश्वसनीय इनिङ खेलेका छन् । उक्त खेलमा म्याक्सवेलले २०१ रनको अविजित इनिङ्स खेल्दै अफगानिस्तानलाई जित दिलाएका थिए । आफ्नो अन्तिम लिग खेलमा पाकिस्तानले सेमिफाइनलको दौडबाट बाहिर रहेको इंग्ल्याण्डको सामना गर्नेछ । पाकिस्तान ४ जीतबाट ८ अंकसहित अंक तालिकाको पाँचौं स्थानमा छ भने इंग्ल्याण्ड ६ अंकसहित सातौं स्थानमा छ । अष्ट्रेलिया १२ अंकका साथ सेमिफाइनलमा पुगेको छ जहाँ उसले दक्षिण अफ्रिकाको सामना गर्नेछ। सेमिफाइनलमा भारतीय टोलीले कुन टोलीसँग खेल्ने भन्ने निर्णय आज हुनेछ ।