Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अष्ट्रेलिया पठाइदिन्छु तीन लाख बढी तलबको काम मिलाइदिन्छु भनि ठगी गर्ने प्रहरी नियन्त्रणमा

16

रुपन्देही, भदौ २२ । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमि नगरपालिका–४ घर भई काठमाडौं सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाई होटलमा मासिक ३ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भनेका थिए । प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ९ लाख रुपैयाँ लिई श्रेष्ठ सम्पर्क विहीन भएका थिए । ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौमा उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर