एउटा राजासँग दशवटा जंगली कुकुरहरू थिए, जब कुनै सेवकले गल्ती गर्थ्यो राजाले त्यस सेवकलाई ती खतरनाक कुकुरहरूको समूहमाझ फ्याँकी दिन्थ्यो । गल्ती गर्ने सेवक सजाय स्वरुप जंगली कुकुरहरुको भोजन बन्थ्यो ।
एक दिन एकजना वृद्ध सेवकले केही गल्ती गरे। क्रुर राजाले वृद्ध सेवकका निम्ति पनि कुकुरको झुण्डमाझ फ्याँकी दिन आदेश जारी गर्यो ।
वृद्ध नोकर जीवनको अन्तिम चरणमा भोका कुकुरहरुको ग्रास बन्न चाहँदैनथ्यो । नोकरले राजासँग विनम्र विन्ती बिसायो । उसले भन्यो— ‘‘मैले दश वर्ष राज दरबारको सेवा गरेको छु, मलाई कुकुरमाझ दस दिनसम्मका लागि नफालिदिनुहोस् ।’’ राजाले तिनलाई १० दिनसम्म कारागारमा राख्न आदेश दिए।
जब वृद्ध नोकर जेलमा थिए, उनले कारागारका गार्डलाई भने— ‘‘म आगामी दस दिन कुकुरहरूको सेवा गर्न चाहन्छु।’’
गार्ड सहमत भयो र वृद्ध सेवकले कुकुरहरूलाई खुवाउन, कुकुर बस्ने ठाउँ सफा गर्न र नुहाइ दिन थाल्यो।
दश दिनपछि क्रुर राजाले वृद्ध नोकरलाई सजायस्वरूप कुकुरमाझ फालिदिन आदेश दिए । जब उसलाई कुकुरमाझ छाडियो, कुकुरहरूले नोकरको खुट्टा चाटेको देखेर सबै छक्क परे ।
त्यो देखेर अचम्ममा परेको राजाले भने— ‘‘मेरा जनावरहरुलाई के भयो ?’’
नोकरले जवाफ दियो — ‘‘मैले कुकुरहरूको दश दिन मात्र सेवा गरेँ र तिनीहरूले मेरो सेवा बिर्सेनन्। मैले दस वर्ष हजुरको सेवा गरेँ तर मेरो पहिलो गल्तीमा हजुरले सबै बिर्सिनु भयो ।’’
राजाले आफ्नो गल्ती महसुस गरे अनि तत्काल वृद्ध सेवक विरुद्ध जारी गरेका दण्डको आदेश फिर्ता लिए ।
यो कथा एक सुन्दर शब्द ‘कृतज्ञता’ बिर्सने सबैलाई समर्पित छ । मानिसहरुले कुनै व्यक्तिले गरेको असल कामहरू बिर्सन्छन् र गल्ती गरेको देख्न साथ उसको निन्दा गर्न थाल्दछन् ।
कथाबाट सिक्न सकिने पाठ : हामी सधैं अरूमा राम्रो देख्न सक्छौं र यसको सट्टा आफ्नै गल्तीहरू हेर्न सक्छौं।
यो सानो कथामा उल्लेख भएको चार अक्षरको शब्द कृतज्ञताको हाम्रो जीवनमा गलत प्रयोग हुनु हुँदैन । देश भित्रको भ्रष्टाचार अनि देशका गद्दारहरुको सवालमा कृतज्ञताले स्थान नपाएकै उत्तम हुन्छ । किनकि सही कुराको गलत ठाउँमा र गलत कुराको सही ठाउँमा प्रयोग भयो भने त्यसले परिणाम गलत नै ल्याउँछ ।