Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अस्ट्रेलियाको सरकारलाई छल्न खोज्दा कालो सुचीमा परिन् समिक्षा

19

रुपन्देही, भदौ ६ । छोटो अवधिमै गायन क्षेत्रमा लोकप्रिय बन्न सफल भएकी गायिकालाई अस्ट्रेलियाले कालो सुचीमा राखेको छ । नक्कली केयर टेकर आफूसँगै अस्ट्रेलिया लैजान खोज्दा गायिका समिक्षा समातिए पछि अस्ट्रेलियाले उनलाई कालो सुचीमा राखेको हो । समिक्षा पटक पटक कुनै न कुनै कारणले विवादमा पर्दै आएकी छिन् ।

गायिका समिक्षा अधिकारीले अस्ट्रेलिया जाँदा आफू संगै केयर टेकर बताउँदै दिदीलाई लगेकी थिइन् । केही समय पछि आफू नेपाल फर्किन् तर दिदीलाई उतै अस्ट्रेलिया छोडिन्। फेरी पुनः अस्ट्रेलिया जान उनी अर्को केयर टेकर एक जना महिलालाई लिएर जान खोज्दा उनलाई नेपालमा रहेको अस्ट्रेलियाको राजदुतावासले तुरुन्त भिसा रद्द गरिदियो । ढाँट छल अनि किर्ते कामलाई अष्ट्रेलियन सरकारले अपराधको रुपमा लिने गर्छ । समिक्षाको नाम कालो सुचीमा राखे पछि अहिले उनी आफ्नो कर्तुतका लागि पछुतो मानिरहेकी छिन् । अब उनी कहिलै अस्ट्रेलिया जान पाउने छैनन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर