Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ नहुँदा सेवा प्रवाहमा समस्या

19

सदरमुकाममा अवस्थित जिल्लाकै सबैभन्दा ठूलो अस्पतालको रूपमा रहेको चौतारा अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

अस्पतालमा अति जरुरी रहेको बाल रोग र स्त्री रोगसम्बन्धी विषयका विशेषज्ञ चिकित्सकहरू नहुँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाइले बताउनु भयो ।

चौतारा अस्पतालमा विभिन्न विषयका विशेषज्ञ गरी तीन जना स्थायी र सात जना अस्थायी गरी १२ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको छ । तर दुई जना स्थायी र पाँच जना अस्थायी गरी सात जना मात्र कार्यरत रहेका छन् । पाँच जना विशेषज्ञ चिकित्सक खाली हुँदा सेवा प्रवाहमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाइले बताउनु भयो । विभिन्न समयमा विभिन्न रोगको प्रकोपहरू देखा पर्दछ तर विशेषज्ञ चिकित्सकको अभावमा सेवा पुर्‍याउन समस्या भएको प्रमुख बजगाइले जानकारी दिनुभयो ।

पाँच जना विशेषज्ञ चिकित्सकले जागिर छाडेर गएपछि रिक्त भएको हो । रिक्त दरबन्दीमा बागमती प्रदेश सरकारले विज्ञापन गरी भर्ना गर्नु पर्ने हो, तर विज्ञापन नभएको धेरै समय भएको चौतारा अस्पतालका सूचना अधिकारी चुडामणी पुरीले बताउनु भयो ।

यस चौतारा अस्पतालमा सरकारी स्वीकृत भएको १५ सैया मात्र हो । तर बिरामीको चापको कारणले ३७ बेड राखेर सञ्चालन गर्नु परेको बाध्यता रहेको चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टङ्कबहादुर कार्कीले बतउनु भयो ।

जिल्लाकै ठूलो यस चौतारा अस्पतालमा दैनिक १ सय ५० जना सम्म चिरामीहरू सेवा लिन आउने गरेको तर विषय अनुसारको विशेषज्ञ चिकित्सक नहुँदा जिल्ला बाहिर रहेका अस्पतालहरूमा रिफर गर्नु परेको इन्सेक प्रतिनिधिसँगको कुराकानीमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाइले बताउनु भयो ।

Photo_080-9-6_Sindhupalchok

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर