Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आइपिएल अक्सनमा ११ सय ६६ खेलाडी दर्ता, नेपालका पनि समावेश

18

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा ११ सय ६६ खेलाडीले नाम दर्ता गराएका छन् । दुबईमा आगामी डिसेम्बर १९ मा हुने अक्सनमा ८ सय ३० भारतीय, ३ सय ३६ विदेशी खेलाडी र ४५ एसोसिएट खेलाडी रहेका छन् ।

एसोसिएटमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, युएई र अमेरिकाबाट छन् । ४५ एसोसिएट खेलाडीमा कति नेपाली र को को भन्ने खुलाईएको छैन ।

इन्डियन प्रिमियर लिग (आइपिएल) ले खेलाडी दर्ता बारे सार्वजनिक गरेको छैन । आइपिएलले सार्वजनिक गरेपछि कति नेपाली खेलाडी प्रष्ट हुनेछ । अक्सनमा जानको लागि भने सर्ट लिष्टमा पर्नुपर्ने हुन्छ । आइपिएलले अक्सनमा मूल्य लाग्न सक्ने खेलाडीलाई मात्रै सर्ट लिष्टमा राख्ने गर्दछ ।

नेपालबाट सर्ट लिष्टमा पर्न सके मात्रै अक्सनमा जानेछन् । यसअघि सन्दीप बाहेक अन्य नेपाली खेलाडी सर्ट लिष्टमा पर्न सकेका छैनन् । यसपटक नेपालबाट सन्दीपसँगै कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, कुशल भुर्तेल, सोमपाल कामी र करण केसी लगायतका खेलाडी अक्सनमा नाम दर्ता गराएको हुनसक्ने अनुमान गरिएको छ ।

यस पटकको अक्सनमा ३० विदेशीसहित कुल ७७ खेलाडी विक्री हुनेछन् । आइपिएलमा नाम दर्ता गर्न छुटेका खेलाडीलाई फ्रेन्चाइज टोलीको आग्रहमा बिसिसिआईले पुन थप्न सक्छ ।

आइपिएलमा खेलाडीले २० लाख देखी २ करोडसम्म न्यूनतम मूल्य तोेक्न सक्छन् । फ्रेन्चाइज टोलीको प्रतिस्पर्धाबाट मूल्य बढ्नेछ ।

यस पटक उच्चतम मूल्य २ करोड राख्नेमा अष्ट्रेलियाका मिचेल स्टार्क, जोश हेजलवुड, स्टिभ स्मिथ, प्याट कमिन्स, हर्षल पटेल, शार्दुल ठाकुर, उमेश यादव, केदार जाधव, ट्रविस हेड, जोश इंग्लिस, लोकी फर्गुसन, जेराल्ड कोट्जी, राइली रोसोउ र रास्सी भान डर डुसेन लगायतले राखेका छन् ।

विश्वकप २०२३ मा सानदार प्रदर्शन गरेका न्युजिल्यान्डका रचिन रविन्द्रले ५० लाख भारु आफ्नो न्यूनतम मूल्य राखेका छन् । यस पटकको अक्सनमा न्युजिल्यान्डमा डर्याल मिचेल, रचिन रविन्द्र र मिचेल स्टार्कले महँगो मूल्यमा विक्न सक्ने खेलाडीको रुपमा छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर