Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आईसीसी टी–२० विश्वकपमा नेपाल छनोट

17

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी र गर्व लागिरहेको बताएका छन् ।

शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताएका हुन् ।

“सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता हामी अहिले मेरै नेतृत्वमा छनोट हुँदा खुसी लागेको छ,” रोहितले भने ।

नेपाललाई विश्वकपसम्म पुराउनका लागि टिमका सबैले निकै मेहतन गरेको उनले बताए ।

विश्वपकको एसिया छनोट फाइनलको सेमिफाइनल खेलमा शुक्रबार यूएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर