Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

आगलागीमा परी १२ बालबालिकासहित २८ जनाको मृत्यु

30

गुजरात । भारतको गुजरातस्थिति राजकोट सहरको कालावड रोडमा रहेको टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा ठूलो जनधनको क्षति भएको छ ।

शनिबार लागेको आगलागीबाट १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ भन्दा बढीलाई घटनास्थलबाट बाहिर निकालिएको थियो । घाइतेहरुको संख्या गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

शव पहिचानमा कठिनाइ भएकाले डीएनए परीक्षण हुने भएको छ । गेम जोनमा कयौँ ठाउँमा मर्मत कार्य चलिरहेकाले सो क्रममा आगलागी भएको जनाइएको छ । त्यहाँ धेरै काठका टुक्रा र काठ रहेकाले आगो तीव्र गतिमा फैलिएको जनाइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर