Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै

21

रुपन्देही । संघीय सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट आज दिउँसो ल्याउँदै छ ।

संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट भाषण गर्ने तालिका तय गरिएको छ । तर विपक्षीका माग सम्बोधन नगरी जबरजस्ती बजेट ल्याउन लागिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेकाले संसदमा बजेट कसरी प्रस्तुत हुन्छ भन्ने स्पष्ट रहेको छैन ।

पछिल्लो समय सरकारले विपक्षीलाई पेलेर लगेको छ ।

त्यस्तै सभामुख देवराज घिमिरेले पनि विपक्षीलाई पेलेरै अगाडि बढ्ने नीति लिएर संसदको गरिमा घटाउँदै विरोधबीच नीति तथा कार्यक्रम पारित गराएका छन् ।

बजेट आउन दिनुपर्ने दबाब कांग्रेसलाई रहे पनि कांग्रेसका जायज माग सम्बोधन गर्नुपर्ने जिम्मा सरकारको हो ।

दलहरुबीच अहिले पनि संसदीय छानबिन समितिको कार्यादेशको विषयमा सहमति जुटाउने प्रयास जारी छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर