Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आजदेखि तिहार मनाउन सुरु, टिकाको शुभ साइत जान्नुहोस्

17

 

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात दीपावली आजदेखि शुरु भएको छ । आज कागको पूजाको पहिलो दिन । त्यसपछि कुकुर, गाई, लक्ष्मी, गोबर्धनको पूजा गर्ने चलन छ। तिहारको अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा तिहारको समापन हुने चलन छ । यस पर्वमा घर–घर गएर नाच्ने र देउसी भैलो खेल्ने चलन छ । यस दिन दिदीबहिनीहरुले आफ्ना प्यारा दाजुभाइलाई सातरङ्गी टीका र मखमली एवं थुङ्गा फूलको आकर्षक माला लाएर उनीहरुको दीघार्य, सफलता, सुस्वास्थ्य र कल्याणको कामना गर्दछन् । दिदीबहिनीहरुको शुभ आशीर्वाद पाएर दाजुभाइहरु आफूलाई भाग्यमानी भएको ठान्दछन् । उनीहरुको आत्मविश्वास र परस्परको पवित्र सम्बन्ध झन् गहिरो हुन्छ ।

कार्तिक २४ गतेका दिन नै तिहार पर्व तथा दीपावली मनाउने सनातनी अवलम्बीहरुले कुचो, मयुरको प्वाँख, काँसका भाँडा, शंख, नरिवल, रातो कपडा, माटाको दियो लगायतका अन्य पूजन सामग्रीहरु किनमेल गरिसकेका छन् ।

२०८० सालको भाइटिका कार्तिक २९ गते परेको छ । यस दिन सूर्य उदय ०६ बजेर २५ मिनेटमा हुने छ भने सूर्यास्त ०५ बजेर १० मिनेटमा  । भाइटिकाको दिन बिहान ०६ः२५ बजेदेखि ०७ः४६ बजेसम्म लाभ बेला रहेको छ भने त्यस पछि ०९ः०६ बजेसम्म अमृत बेला रहेको छ । बिहान १० बजेर २७ मिनेटदेखि ११ बजेर ४७ सम्मको समय शुभ बेला छ ।

त्यसैगरि ११ः२१ देखि मद्यान्न १२ः१४ बजेसम्म अभिजित महुर्त रहेको छ । यस दिन चन्द्रमा उत्तर दिशामा रहेका हुन्छन् । यस कारण पश्चिम मुख गरि टिका थाप्नु उपयुक्त हुन्छ । कात्तिक २९ गतेका दिन ११ः२१ देखि १२ः१४ बजेसम्म टिकाको शुभ साइत परेको ज्योतिषीहरु बताउँछन् । यो पर्व दिदीबहिनीहरुले आफ्ना दाजुभाइहरुसँग भाइटिका हर्षाेल्लासका साथ मनाउने गर्दछन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर