Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आजबाट रास्वापाको मधेश स्तर बैठक सुरु

17

काठमाण्डु, ११ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुने भएको छ । मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा आजबाट संयुक्त बैठक सुरु हुने रास्वपाका उपसभापति डिपी अर्यालले जानकारी दिएका छन ।

रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र संघीय सांसद २१ जना रहेका छन । मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता रहने उनले जानकारी दिएका छन ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत हुने पनि उनले बताएका छन । त्यस्तै पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने उनको भनाइ छ । बैठकअघि रास्वपाका सभापति रवि लामिछानेले मंसिर आठ गतेबाट तीन दिने मधेस यात्रा गरेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर