रुपन्देही, १३ असोज । २ दिनको भारी वर्षापछि निम्तिएको विपदका कारण देशभरका विद्यालय ३ दिनसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले शनिबार राति विज्ञप्ति जारी गरी विद्यालय बन्द गर्न स्थानीय तहलाई आह्वान गरेको छ ।
देशभरि विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेका कारण शैक्षिक संस्था बन्द गर्नुपरेको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले बताउनुभएको छ ।
यातायात समेत अवरुद्ध भई दैनिक जीवन यापनमा कठिनाइ भएकोले पनि शैक्षिक संस्था बन्द गर्नु परेको मन्त्रालयले जनाएको छ ।