Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

17

  लोक सारथी संवाददाता

 

मंसिर १७, रुपन्देही । बत्तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । अपाङ्गता भएका व्याक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन १९९२ देखि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो ।

विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले सन १९७६ मा संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई पूर्ण सहभागिता र समता भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गर्‍यो ।

सन् १९८३ मा राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अवसर समानीकरण, पुनर्स्थापना र रोकथाममा जोड दिँदै अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्य योजना पारित गरी लागू गर्‍यो र यसलाई विश्वभर प्रभावकारी रूपमा कार्यान्वयन गराउन सन् १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दशकको रूपमा घोषणा गरियो ।

सन् १९९२ मा उक्त अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्य योजनाको कार्यान्वयन र उपलब्धिहरूको समीक्षा गर्दै सोही वर्षदेखि डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरी विश्वभर मनाउन थालियो । नेपालले पनि सन् १९९३ देखि हरेक वर्ष विभिन्न कार्यक्रमहरू गरी यो दिवस मनाइँदै आएको छ ।

संयुक्त राष्ट्र सङ्घले दिगो विकासका १७ वटा लक्षहरूमा अपाङ्गताको सवालको समावेशीकरणलाई मुख्य रूपमा जोड दिँदै दिगो विकासका लक्ष्य तोकेको छ । यो वर्षको अपाङ्गता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ रहेको छ ।

नेपालको जनसंख्या गणना २०७८ अनुसार २ करोड ९१ लाख ६४ हजार ५७८ जसमध्ये महिला ५१.०२% अर्थात् १ करोड ४८ लाख ७९ हजार ७६७ र पुरुष ४८.९८% अर्थात् १ करोड ४२ लाख ८४ हजार ८१० रहेको छ । नेपालको जनगणना २०७८ अनुसार ६ लाख ४१ हजार ६२० जना कुनै न कुनै अपाङ्गताको शिकार छन् ।

नेपालको जनगणना 2078 ले नेपाली जनसंख्याको 2.2% कुनै न कुनै प्रकारको अपाङ्गता रहेको बताउँछ। पुरुष जनसङ्ख्यामा २.५% र सम्पूर्ण महिला जनसङ्ख्या, २.०%मा केही अपाङ्गता छ। यसमा शारीरिक (३६.७५%), कम दृष्टि (१६.८८%), दृष्टिविहीन (५.३७%), (बहिरो ७.८५%), सुन्न नसक्ने (७.८७%), बहिरा र अन्धो (बहिरो) 1.56%), वाक् दुर्बलता (6.36%), मनोसामाजिक अपाङ्गता (4.2%), बौद्धिक अपाङ्गता (1.73%), हेमोफिलिया (0.75%), अटिजम (0.75%), बहु अपाङ्गता (8.78%), र अपाङ्गताको प्रकार उल्लेख नभएको ( 1.07%) रहेको छ ।

राज्य पक्षबाट अपाङ्गता भएका जनसंख्याको उचित व्यवस्थापन हुन सकेको छैन । राज्यले दिन सुविधामा उनीहरुको सहज पहुँच छैन । विभिन्न एनजिओ र आइएनजिओले देशका विभिन्न भागमा संघ–संस्था खोलेर अपाङ्गहरुको संरक्षण, रेखदेख, भरणपोषण गरेका छन् ।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर