Sat2024 May 25
२०८१ जेठ १२, शनिबार

आज देशको पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सफा रहने

9

आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा पनि हिमपातको सम्भावना रहेको उनले बताए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर