Sat2024 July 27
२०८१ साउन १२, शनिबार

अपाङ्ग महिलालाई 13 वर्षीय कलिला किशोरले गरे बलात्कार

17

बझाङ, ८ असोज । २८ वर्षीया अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बझाङमा एक १३ वर्षीय नाबालक पक्राउ परेका छन्।
बझाङ छबिसपाथिभेरा गाउँपालिका १ सुङ्ला बस्ने एक अपांग महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक नाबालकलाई आइतबार राति पक्राउ गरिएको हो।

जबरजस्ती करणी गरी फरार भएका नाबालक बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ परेका हुन्।
बुबाको निधन भइसकेको र आमा आइतबार नै घर बाहिर गएका बेला पारेर नाबालकले जबरजस्ती करणी गरेर भागेको खुल्न आएको छ। पछि गाउँका केहि महिलाहरुले रुदै बसेकि महिलालाई सोध्दा आफू बलात्कृत भएको जानाकारि दिएकी थिइन्। नाबालकलाई पक्रेर अनुसन्धान भैरहेको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर