Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आफूलाई घरमै नजरबन्द गरिएको भन्दै दुर्गा प्रसाईं सर्वोच्चमा

17

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूलाई गैरकानुनीरूपमा नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन् ।

रिटमा नेपालको संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्र, स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने व्यवस्था र सरकारले गरेका कामकारबाहीको शान्तिपूर्ण विरोध गर्न पाउने व्यवस्थालाई नै चुनौती दिइएको भन्दै तत्काल रिहा गरी आन्दोलन र अभियानमा पनि रोक नलगाउन माग गरिएको छ । रिटको पेसी आइतबारलाई तोकिएको छ ।

प्रसाईंले प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको बताएका छन् । शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रदर्शनका लागि आफूलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै नजरबन्दमा राखेको बताएका थिए ।

प्रसाईं समर्थकले बिहीबार काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गरेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर