Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आफ्ना बच्चाहरुलाई घरेलु स्तरबाटै सिकाउनुपर्ने अनुशासन तथा प्रेरणाका कुराहरु

16

कार्तिक २५, बुटवल । बच्चाहरुले असल मान्छे बन्ने प्रेरणा सुरुमा आफ्नो माता पिताबाटै पाउछन् । अभिभावकहरू जसरी बोल्छन्, जस्तो खालको व्यवहार गर्छन् बच्चाले पनि त्यस्तै सिक्छन् र त्यस्तै खालको व्यवहार गर्छन् । अपवाद छोडेर भविष्यमा उनीहरू पनि आफ्नो मातापिता जस्तै बन्छन् । बच्चाको जीवनमा खासगरी पिताको प्रभाव र छाप धेरै हुन्छ । हरेक बच्चाले आफ्नो बाबुलाई हिरो मान्छन् । आफ्नो रोल मोडल ठान्छन् । आमाको भन्दा बढी अनुसरण बाबाको गर्छन्। बाबा देखि डराउछन् कराउछन् सहराउँछन् र सङ्गै खेल्न रुचाउछन्। साच्चै भन्ने हो भने बच्चाहरु आफ्नो बाबालाई बाबाको रुपमा भन्दा बढी साथीको रुपमा देख्न रुचाउछन्। म आफै पनि मेरा छोरा छोरीहरुसङ्ग बाबाको रोलमा भन्दा भित्री कुरा बुझिदिने साथीको रुपमा प्रस्तुत हुने गर्छु। ताकि उनीहरु बाबाको डरले कुनै पनि कुरा लुकाउन नपरोस् भने इच्छ्याइएका सपनाहरु खुलेर बताउन सकुन्। त्यसैले आफ्नो बच्चालाई आमाले जस्तै ध्यान दिनु हरेक पिताको जिम्मेवारी हो । उनीहरूलाई राम्रो राम्रो कुरा सिकाउनुस्, खराब आचरणबाट टाढा रहन प्रेरित गर्नुस् । नराम्रो र राम्रोबीचको अन्तर सिकाउनुस्, रुचाउँछन्।बच्चाको जीवनमा खास छाप छाड्न मातापिताले उनीहरूलाई धेरै कुरा बताउनु, सम्झाउनु वा सिकाउनु पर्छ । बच्चालाई निम्न कुराहरु सिकाउन नभुलौं –

१) एक अर्काको मान–सम्मान गर्न सिकाउनुहोस्: हरेक व्यक्तिलाई मानसम्मान गर्नु राम्रो बानी हो । तपाईँले अर्को व्यक्तिको मान सम्मान गर्नु हुन्छ भने आफ्नो बालबालिकालाई पनि यस्तै गर्न भन्नुस् । अरुलाई मान सम्मान गर्दा, उसलाई इज्जत दिँदा कोही पनि सानो हुन्न भनेर छोराछोरीलाई सिकाउनुस् । तपाईँले अरुको कुराको जति इज्जत गर्नुहुन्छ, उनीहरूको जति सम्मान गर्नुहुन्छ, तपाईँले पनि त्यति नै सम्मान पाउनु हुन्छ। ”give respect take resect” भन्ने बारे सिकाउनुहोस। तपाईँको मनमा अरुको सम्मानको भावना छैन भने तपाईँको इज्जत कसैले पनि गर्दैनन् । सम्मान पाउन सम्मान गर्न जान्नु पर्छ भनेर सिकाउनुस्।

Free Theravada Buddhism Old Nun photo and picture

२) आत्म सम्मान (self respect) बारे सिकाउनुहोस्: आत्म सम्म्मान गर्नु पनि एक प्रकारको आफु ले भन्ने बारे सिकाउनुस। जबसम्म आफूले आफैलाई सही मूल्याङकन गरि Self Respect गरिदैन तबसम्म तपाईलाई मान्छेले हल्कामा लिन्छन् भन्ने बारे सिकाउनुस्। सेल्फ रिस्पेक्टले आफूलाई बजनदार गराउँछ भन्ने कुरा खुलाउनुस्। आफूलाई माया गर्न सिकाउनुस्। आफ्नो मूल्याङकन आफै गर्न सिकाउनुस् । आफ्नो मूल्याङ्कन गर्न अरुलाई दिइयो भने तपाईको मूल्याङ्कन कौडीको भाउमा गर्दिन्छन् भन्ने कुरा सिकाउनुस्। यसो भन्दै गर्दा आफूले नहुँदो र गलत मूल्याङ्कन नगर्न पनि सिकाउनुस्। मान्छेले आफू जस्तो छ अरुको पनि त्यस्तै मूल्याङकन गर्नेगर्छ भन्ने बारे सिकाउनुस्। अनुशासनहीन, चोर, फटाहा, बदमास, गुन्डाहरुसँग संगत नगर्न सिकाउनुहोस्। संगतले मान्छेको जिन्दगीमा महत्वपूर्ण रोल खेल्ने गर्छ भन्ने बारे सिकाउनुहोस्। स्कुल, कलेजमा अनुशासनात्मक कार्बाहीमा परेर च्गकतष्अबतभ भएका, कानुन बिपरीत कार्य गरि लामो समय पश्चात Jail बाट निस्केका, गलत गतिबिधिमा संम्लग्न भएका ब्यक्तिसँग हमेशा दूरी बनाउन सिकाउनुहोस्।

1,300+ Self Respect Stock Videos and Royalty-Free Footage - iStock | Self esteem, Self love, Pride

३) गल्ती स्वीकार गर्न सिकाउनुस: आफ्ना छोराछोरीलाई उनीहरूले गरेको गल्ती स्वीकार गर्न लगाउनुस् । केही मान्छे आफूले गल्ती गरेर पनि मैले गरेकै होइन, मेरो कुनै गल्ती छैन भनेर ढिपी गर्छन् । उल्टै आफ्नो गल्ती ढाकछोप पारी अरुसँग झगडा गर्छन् । तपाईँ घरको मूली हुनुहुन्छ र तपाईँले केही गल्ती गर्नु भएको छ भने त्यसलाई स्वीकार गर्नुस् । तपाईँमा भएको यो गुण बच्चाले पनि देख्छन् अनि आफूले गरेको गल्ती स्वीकार गर्छन् । आफूले गरेको गल्तीका लागि तपाईँले माफी माग्नु भयो भने बच्चाले पनि त्यस्तै गर्छन् ।Leave it, forgive it, ignore it बारे पनि सिकाउनुहोस्। माफी माग्दा जापानीज जस्तै छातिमा हात राखेर हल्का झुकेर मन्द मुस्कुराउदै Sorry, excuse me, apologize , thank you, thanks a lot, thank you very much कहाँ कसरी बोलिन्छ र बोल्नुपर्छ भन्ने बारे आफ्ना बच्चाहरुलाई समय समयमा सिकाउनुहोस्।

Woman pulling gripping ears sorry for what she did Stock Photo | Adobe Stock

४) हार्नु गलत होइन, प्रतिस्पर्धामा कि जितिन्छ कि सिकिन्छ हुन्छ, भन्ने कुरा सिकाउनुस: कुनै पनि प्रतियोगितामा हार बेहोरेपछि प्रायः बच्चाहरू रुन थाल्छन् । बिस्तारै बिस्तारै बच्चाहरू हारिने डरले प्रतिस्पर्धाहरूमा सहभागी हुनै डराउँछन् । पिता भएको नाताले हार्नु नराम्रो होइन भनेर बच्चालाई सम्झाउनु तपाईँको जिम्मेवारी हो । प्रतिस्पर्धामा हार भयो वा परीक्षामा थोरै अंक ल्याउँदैमा जीवन सकिँदैन । जीवनमा अगाडि कयौं मौका अवसर आउँछन् जहाँ मेहनत अनि निरन्तरको प्रयासले जीत हासिल गर्न सकिन्छ । त्यसैले बच्चालाई मेहनत गर्न प्रेरित गर्नुस् । हारेर पनि संसार जितेको कहानी सुनाउनुस्। अब्राहम लिन्कन, मन्डेला, महात्मा गांधी, जस्ता हस्तिको उदाहरण दिएर सम्झाउनुस् । कि जितिन्छ नजिते सिकिन्छ भन्ने कुराको बोध गराउनुहोस् ।

Free Boy Sport photo and picture

५) दया र माया व्यक्त गर्न सिकाउनुहोस्: पिताले अरुलाई दयालु र मायालु व्यवहार गर्छन् भने बच्चामा पनि यस्तो बानी विकास हुन्छ । पिता रिसाउने, कडा खालको छन् भने बच्चाले पनि त्यस्तै बानी अपनाउँछन्, कसैसँग मायालु ढंगले प्रस्तुत हुँदैनन् । अरुसँग पनि सधैँ झर्केर, रिसाएर कुरा गर्छन् । तपाई एग्रेसिभ खालको भए पनि बच्चाको अगाडि सालिन शान्त र मिठो बोल्नुहोस्। श्रीमतीसँग बच्चाको अगाडि कहिल्यै झगडा नगर्नुहोस्। तपाई कसरी बोल्नुहुन्छ त्यसले तय गर्छ कि तपाईको सन्तान कसरी बोल्छन्। दया सहयोग माया गर्यो भने प्रतिफल उस्तै पाइन्छ भन्ने बारे सिकाउनुहोस्। दया नै धर्म हो र धर्म नै संसार र स्वर्ग हो भन्ने बारे सिकाउनुहोस्।

Cat Care 101: 8 Tips for A Happy and Healthy Kitty | Four Paws

६) कुनै पनि काम सानो–ठूलो हुन्न भन्ने बारे सिकाउनुसः घरको मूली भएको नाताले तपाई आफ्नो कामलाई मात्रै ठूलो र राम्रो मान्नु हुन्छ अनि घरायसी कामकाजलाई तुच्छ ठान्नु हुन्छ भने तपाई गलत गर्दै हुनुहुन्छ । त्यसो गर्नुभयो भने तपाईँका बच्चाहरूले पनि त्यस्तै सोच्न थाल्छन् । घरको काम महिलाले मात्रै गर्ने हो भन्ने खालको व्यवहार वा कुरा बच्चाको अगाडि नगर्नुस् । घरको होस् या बाहिरको सबै काम उत्तिकै महत्त्वपूर्ण हुन्छ । छोरा होस् या छोरी हरेकले सबै खाले काम गर्नु पर्छ भनेर सिकाउनुस् त बच्चाले पनि त्यस्तै सिक्छन् । हरेक कामको सम्मान गर्न थाल्छन् । आफ्नो काम सकभर आफै गर्न सिकाउनुस्। कपडा धुन, आफू बस्ने कोठा सफा राख्न आल्मारी चिटिक्क सजाएर राख्न, बैठक कोठामा डेकोरेसन गर्न पाहुना आउँदा सभ्य भएर सम्मान साथ बातचित गर्दै चिया पानी सोध्नदेखि लिएर दैनिक कार्य गर्न सिकाउनुस्।

Sweeping Floor Images – Browse 47,566 Stock Photos, Vectors, and Video | Adobe StockHow to Wash Dishes (Step by Step Guide)

७) सकारात्मक सोच विचार सिकाउनुहोस: बच्चालाइ हमेशा सकरात्मक सोच बिचार राख्न र सोहि अनुसार कार्य गर्न सिकाउनुहोस्। यसको लागि उदाहरण आफै बनेर देखाउनुहोस्। कसैले गरेका नकरात्मक टिप्पणिलाई पनि सकारात्मक एङगलबाट हेर्न सिकाउनुस्। आफूले जस्तो सोच राखिन्छ त्यस्तै बनिन्छ, सोच अनुसारको साथी सर्कल भेटिन्छन् भन्ने बारे सिकाउनुस्। फाल्तु टिभि मुवि, भन्दा मोटिभेसनल टाइपका बुकहरु पढ्न र मोटिभेसनल स्पिच सुन्न प्रेरणा दिनुहोस्। केही धर्मका बुकहरु जस्तै रामायण, गीता, वेदहरु पढ्न प्रेरणा गर्नुहोस्। करेन्ट अफेयर देखि what is going on all over the world? बारे पनि चासो राख्न सिकाउनुहोस्।

Positive Thinking and How to Practice it | Leaderonomics

८) घमण्ड होइन गर्व गर्न सिकाउनुस्: आफूले जानेको, पढेको, सिकेको, भोगेका अनुभव, ज्ञान र योग्यता बारे गर्व गर्न सिकाउनुस् तर यस बारे घमन्ड र इगो गर्न हुँदैन भन्ने बारे सिकाउनुस्। यस धर्तिमा हरेक ब्यक्ति Unique हुन्छन् अलग क्षमता अलग स्वभाव अलग प्रवृत्तिका हुन्छन् । त्यसैले अरु जस्तो छ त्यस्तै स्वीकार्न सिकाउनुहोस्। संसारलाई परिवर्तन गर्न सकिदैन । संसारसँगै आफू परिवर्तन हुनुपर्छ भन्ने बारे सिकाउनुहोस्। आफू हमेशा उर्जावान, हंसमुख, प्रसन्न र खुशी रहनुहोस् र बच्चालाई पनि खुशी हुन सिकाउनुहोस्।

People Being Proud

९) न्यूज मिडिया बारे पनि सिकाउनुहोस्: लोकसारथी मिडिया प्रालि loksarathi.com लाई लाइक फलो गरि ताजा समाचार पढ्न हेर्न पनि सिकाउनुहोस् । लोकसारथी मिडियाले नयाँ–नयाँ समाचार प्रस्तुत गर्छ, ज्ञान विज्ञानका कुरा गर्छ भन्ने बारे पनि सिकाउनुहोस्।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर