Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आफ्ना सेनामाथि आक्रमण भए बदला लिने अमेरिकाको चेतावनी

17

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार इजरायल–हमास युद्धमा आफ्नो सेनालाई निशाना बनाइएमा वासिंगटनले बदला लिने बताएका छन् । मध्यपूर्वमा द्वन्द्व फैलिने सम्भावना बढ्दै गएका बेला अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

एनबीसीको मिट द प्रेस कार्यक्रममा अन्तर्वार्ताका क्रममा ब्लिन्केनले इरानका प्रोक्सीहरूको संलग्नताबाट युद्ध बढ्नसक्ने बताएका छन् ।

अमेरिकाले इजरायललाई समर्थन गर्दै यस क्षेत्रमा अमेरिकी रक्षा उपस्थिति बढाउन मध्यपूर्वमा सैन्य स्रोत बढाउने योजना घोषणा गरेको छ ।

यसबीचमा हमासले खान युनिस नजिकैको क्षेत्रमा इजरायली सेनाको भूमि आक्रमणको प्रयास असफल पारेको बताएको छ । यसैक्रममा आफ्ना एक सैनिक मारिएको र तीन घाइते भएको इजरायलले बताएको छ ।

इजरायलको सेनाले दुर्घटनाबस गाजा बाहिर इजिप्टतर्फ एक ट्यांकमा आक्रमण भएको बताएको छ । जसमा सातजना घाइते भएका छन् ।

गाजामा दोस्रो पटकका १७ ट्रकले मानवीय सहायता पुर्याएको छ । संयुक्त राष्ट्र संघले गाजाका अस्पतालमा इन्धनको अभावका कारण इन्क्यूबेटरमा रहेका कम्तिमा १२० नवजात शिशुको जीवन जोखिममा रहेको बताएको छ ।

गाजामा इजरायली हवाई आक्रमणमा परी पछिल्लो २४ घण्टामा कम्तीमा २६६ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमण पछि गाजामा इजरायली आक्रमणमा परी चार हजार ६५१ जनाको ज्यान गएको छ । १४ हजार बढी घाइते भएका छन् । हमासको आक्रमणमा परी इजरायलमा एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । अलजजिराबाट ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर