Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आफ्नै आमाको हत्या आरोपमा छाेरा पक्राउ

19

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नं. ५ खावाका २० वर्षीय सन्देश राई रहेका छन् ।

घरायसी विवादमा छोराको कुटपिटबाट ४६ वर्षीया पवित्रा देवी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटका कारण घाइते पवित्रालाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सन्देशलाई प्रहरीले पक्राउ गरी घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर