Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आफ्नै बुवाको हत्या अभियोगमा छोरा पक्राउ

15

दाङ, आफ्नै बुवा ५१ वर्षीय प्रेम बहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-५ दलजितपुर बस्ने २८ वर्षीय सन्तोष केसीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

सुतिरहेको अवस्थामा सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएका प्रेम बहादुरको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी आफ्नै बुवालाई सन्तोषले कुटपिट गरेका थिए  । अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर