Sat2024 July 27
२०८१ साउन १२, शनिबार

आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक

16

देउवा पत्नी आरजु राणालाई २ करोड बुझाएको अडियो सामग्री बाहिराएको आरोपमा नेपाली कांग्रेस पाँचथरका नगर सभापति प्रकाश गुरुङ कारबाहीमा परेका छन् । गत स्थानीय चुनाबमा टिकट पाउनका लागि आरजुलाई २ करोड बुझाएको भनि पाँचथरका सहसचिव सन्तोष श्रेष्ठ र फिदिम नगर सभापति प्रकाश गुरुङबिच कुराकानी भएको सामाग्री सार्वजनिक भएको थियो ।

कांग्रेसमा एकलौटी राज गरेका देउवाको आडमा उनकी पत्नी आरजुले शक्तिलाई दुरुपयोग गरेर फाइदा उठाएको भनि पार्टी परित्याग गरेर गएका नेता स्वार्णिम वाग्ले लगायतका नेताहरुले आरोप लगाएका थिए । आरजु राणा पार्टी भित्र विवादीत मानिन्छन् तर बहुमत शेरबहादुर देउवासँग भएपछि उनले चाहेको गर्न सक्ने अनुमान कांग्रेस निकट नेताहरु बताउछन् ।

अडियो सामाग्री सार्वजनिक गरेको आरोपमा नेपाली कांग्रेसको अनुसासन समितिले गुरुङलाई कारबाही गरेको छ । गुरुङलाई नेपाली कांग्रेसको विधान (संसोधनसहित) तीन वर्षसम्म सदस्यताबाट निष्कासन गरिएको छ ।

अनुशासन समितिले नेपाली कांग्रेस जिल्ला कार्य समिति पाँचथरलाई पत्र पडाउँदै गुरुङलाई कारबाही र श्रेष्ठलाई सफाई दिएको छ । सहसचिव सन्तोष श्रेष्ठले आत्मआलोचना गरेकाले माफी दिएको बुझिएको छ भने गुरुङलाई दण्ड चलाईएको छ ।

गुरुङले आफू बिचलीत नहुने बताएका छन् । आफू बीपीको सिद्धान्तबाट प्रेरित भएर कांग्रेस बनेको भन्दै कारबाहीले केही फरक नपर्ने बताएका छन् ।

सभापतीको श्रिमतीले २ करोड लिएको सामाग्री बाहिरिनु र गुरुङ आफ्नो भनाईमा अडीक रहनु सँगै अनुसासन समितिले उनलाई कारबाही गर्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

अडिओ सामाग्रीमा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणालाई प्रमुखको टिकट लिन २ करोड रुपैयाँ बुझाएको सो फोनवार्तामा भनिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर