Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

आर्सनलको जीत, इन्टर बराबरीमा रोकियो

14

 

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबारको खेलमा आर्सनलले जित हासिल गर्दा इन्टर मिलान बराबरीमा रोकिएको छ ।

आर्सनलको घरेलु स्टेडियम इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले पीएसभी आइन्डहोभनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि बुकायो साका, लिआन्ड्रो ट्रोसार्ड, गाब्रियल जेसस र मार्टिन ओडेगार्डले १-१ गोल गरे ।

च्याम्पियन्स लिगको आफ्नो पहिलो खेल खेलिरहेका बुकायो साकाले आठौं मिनेटमा गोल गरे । ओडेगार्डको प्रहार बेनिटेजले बचाएपछि साकाले रिबाउन्डमा गोल गरेका थिए ।

२० औं मिनेटमा ट्रोसार्डले काउन्टर आक्रमणमा अग्रता दोब्बर बनाए । यो गोलमा साकाले असिस्ट गरेका थिए । ३८ औं मिनेटमा जेससले अर्को गोल गरे । उनले ट्रोसार्डको क्रसलाई उत्कृष्ट ढंगले नियन्त्रण गर्दै बल पोस्टको दिशा देखाए ।

खेलको चौथो गोल ७० औं मिनेटमा भएको थियो । आर्सनलका कप्तान ओडेगार्डले गोल गर्दै विजयी गोल गरे । उनले लामो समय पछि च्याम्पियन्स लिगमा फर्किएको आर्सनलका लागि पlलामो दूरीबाट गोल गर्दै जित सुनिश्चित गरे ।

सोही समूहमा सेभिल्ला र लेन्सले १–१ गोलको बराबरी खेलेका छन् ।

यस्तै समूह डी मा इन्टर मिलान रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । चौथो मिनेटमा ब्राइस मेन्डेजले सोसिडाडलाई अग्रता दिलाएका थिए । बराबरीका लागि इन्टरलाई निकै संघर्ष गर्नुपरेको थियो । खेलको ८७ औं मिनेटमा कप्तान लाउटारो मार्टिनेजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

समूहको अर्को खेलमा आरबी साल्जबर्गले बेन्फिकालाई २–० ले हराएको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर