Sat2024 July 27
२०८१ साउन १२, शनिबार

इंग्ल्यान्डलाई अफगानिस्तानको प्रतिस्पर्धात्मक लक्ष्य

17

एजेन्सी – अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा इंग्ल्यान्डलाई २ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएकोछ । अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.४ ओभरमा २ सय ८४ रनमा अल आउट भयो ।

अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ५७ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८० रन बनाए । उनी रन आउट भएका थिए । ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले १६.४ ओभरमा १ सय १४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । स्पिनर आदिल राशिदले जो रुटबाट जद्रानलाई २८ रनमा क्याच आउट गराए ।

मध्यक्रमका ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । आदिल राशिदले रहमात शाहलाई ३ रनमा विकेटकिपर जस बटलरबाट स्टम्पिङ आउट गराए । जो रुटले हश्मातुल्लाह शाहिदीलाई १४ रनमा बोल्ड आउट गरे ।

आजमतुल्लाह ओमरजाई १९ र मोहम्मद नाबी ९ रनमा आउट भए । तल्लोक्रमका इक्रम अलीखिलले ६६ बलमा ३ चौका र २ छक्कासहित ५८ रन बनाए । मुजिब उर रहमान १६ बलमा ३ चौका र १ छक्कासहित २८ र राशिद खान २३ रनमा आउट भए ।

इंग्ल्यान्डका आदिल राशिदले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । मार्क वुडले ९ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । रिस टोप्ली, लियाम लिभिङस्टोन र जो रुटले एक एक विकेट लिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर