इजरायलमा अध्ययनरत २५३ नेपाली विद्यार्थी बोकेको विमान काठमाडौं आइपुगेको छ ।
शुक्रबार बिहान काठमाडौं आएपछि परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् ।
विमानस्थलमा पर्यटनमन्त्री सुदन किरातीलगायतका अधिकारीहरु पनि उपस्थित थिए ।
नेपाल वायुसेवा निगमको उद्धार उडानमा २५३ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विद्यार्थीलाई लिन बुधबार राति इजरायल गएका थिए ।