Sat2024 July 27
२०८१ साउन १२, शनिबार

इजरायलमा हमासको हमलापछि साउदीको दुविधा बढ्यो

15

  लोक सारथी

गत शनिबार (2023, Oct. 7)  प्यालेस्टिनी चरमपन्थी संगठन हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले हमासविरुद्ध युद्ध गर्ने घोषणा गरेको थियो । हमासको आक्रमण र इजरायलको जवाफी हमलापछि पूरै मध्यपूर्वको अवस्था द्रुत रूपमा परिवर्तन भएको छ।

मध्यपूर्वमा तनाव बढेको छ र वर्तमान परिस्थितिमा इरानको महत्वपूर्ण भूमिकाका बारेमा भएको छलफललाई मध्यनजर गर्दै साउदी अरबको समस्या बढेको छ ।

साउदी अरेबियाको मन्त्रिपरिषद्को मङ्गलबार एउटा महत्त्वपूर्ण बैठक बसेको थियो, जसमा गाजा र इजरायलका विषयमा छलफल भएको थियो ।

बैठकपछि साउदी सरकारको प्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सरकारले यस विषयमा विश्व र अन्य क्षेत्रीय नेताहरूसँग छलफल गरिरहेको छ र यो तनाव क्षेत्रका अन्य देशहरूमा नफैलियोस् भन्ने चाहन्छ । विज्ञप्तिमा भनिएको छ, “साउदी अरब प्यालेस्टाइनी जनतालाई उनीहरूको वैधानिक अधिकार प्राप्त गर्न, सम्मानजनक जीवन बिताउन र उनीहरूको आकांक्षा पूरा गर्न र न्यायपूर्ण र दिगो शान्तिको खोजीमा उनीहरूको साथमा उभिनेछ।”

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर