Sat2024 July 27
२०८१ साउन १२, शनिबार

इजरायल र हमास युद्धको बीचमा विश्वका ५७ मुस्लिम राष्ट्र भेला हुन लागे

15

रियाद। इस्लामिक सहयोग संगठन (ओआईसी) का वर्तमान अध्यक्ष साउदी अरेबियाको निमन्त्रणामा नोभेम्बर १२ मा रियादमा ५७ इस्लामिक राष्ट्रको असाधारण शिखर सम्मेलन आयोजना गरिएको छ । प्यालेस्टिनी जनतामाथि इजरायलले गरेको क्रूर आक्रमणबारे छलफल गर्न यो सम्मेलन बोलाइएको हो।

ओआईसीका वरिष्ठ स्रोतका अनुसार सङ्गठनका सबै सदस्यलाई निमन्त्रणा दिइएको छ । प्यालेस्टाइनको वर्तमान अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै यस सम्मेलनमा अधिकांश इस्लामिक देशका नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ। गाजाको द्वन्द्वबारे छलफल गर्न शनिबार रियादमा अरब-अफ्रिकी शिखर सम्मेलन र आपतकालीन अरब लिग शिखर सम्मेलन पनि हुँदैछ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर