यो करिब २००० वर्ष पहिलेको कुरा हो, जब मध्य भारतको उज्जैन नामक सहरमा एक महान् राजाले शासन गर्दथे । उनको नाम महाराज भर्तृहरि थियो ।
राजा विक्रमादित्य विक्रम सम्वत स्थापना गर्ने महाराज भर्तृहरिका भाइ थिए।
महाराज भर्तृहरि एक कुशल राजा थिए। महाराजका तीन रानीहरु थिए । जसमध्ये एकको नाम पिंगला थियो। महाराज पिंगलालाई धेरै माया गर्नुहुन्थ्यो तर पिंगला चरित्रहीन महिला थिइन्। पिंगलाको आफ्नै अंगरक्षकसँग अवैध सम्बन्ध थियो ।
त्यही राज्यमा एक ब्राह्मण बस्थे। ब्राह्मण देवी काली माँका सच्चा उपासक थिए। एक दिन देवी माँको कृपाले ब्राह्मणलाई एक दिव्य फल (Apple) प्राप्त भयो । देवी माँले ब्राह्मणलाई भन्नुभएको थियो कि जसले यो फल खान्छ ऊ अमर हुनेछ। ब्राह्मणलाई कुनै कुराको मोह थिएन त्यसैले देवी माँको प्रसाद कुनै योग्यलाई दिने उनको सोच भयो । उनको स्मृतिमा राजा भर्तृहरिको छवि घुम्यो अनि विचार बनाएरै ब्राह्मणले राजा भर्तृहरिलाई दिव्य गुण बताएर फल सुम्पि दिए । राजालाई उपहार दिएर ब्राह्मण विदा भए । राजाले आफ्नी रानी पिंगलालाई असाध्यै प्रेम गर्थे त्यो फल उसैलाई दिए अनि भने,– मेरी प्रिय, तिमी अमर रह्यौ भने म खुशी हुनेछु।
रानी पिंगला चरित्रहीन थिइन्, उनी राजाले उनकै सुरक्षाका लागि खटाएको अंगरक्षकसँग अवैध सम्बन्धमा थिइन्, त्यसैले त्यो फल रानीले आफ्नै प्रेमी (अंगरक्षक) लाई दिइन्। रानीसँग अवैध सम्बन्ध राखेका अंगरक्षकलाई एउटी वेश्याप्रति मोह थियो, त्यसैले उसले त्यो फल वेश्यालाई दियो। वैश्याले राजा भर्तृहरिलाई मनैदेखि आदर गर्थिन् , त्यो फल राजालाई दिइन्। वेश्यालाई भर्तृहरिलाई भनिन् — महाराज तपाईले यो फल खानुपर्छ किनकि यो फल खाएमा अमर बन्नुहुने छ । फल देखेर राजा छक्क परे ।
राजाले सोच्न थाले — मैले मेरी श्रीमतीलाई दिएको फल यो वेश्यासम्म कसरी पुग्यो ? उनले अनुसन्धान थाले । अनुसन्धानपछि पूरै घटना बाहिर आयो । जसलाई मैले मनबाट माया गरेको थिएँ, त्यो त बेवफा रहिछे भनेर महाराजले आफ्नी पत्नी अर्थात् रानी पिंगलालाई मृत्युदण्ड दिए । आफ्ना भाइ विक्रमादित्यलाई राजा घोषणा गरे ।
विक्रमादित्यलाई उनकी भाउजु अर्थात् रानी पिङलाले बलात्कारको झुटो आरोप लगाएकी थिइन् किनकि उनले रानी र अंगरक्षकबीचको अनैतिक सम्बन्ध बारे थाह पाइसकेका थिए । आफ्नो बाटोदेखि हटाउन रानी पिंगलाले देवरमाथि झुटा आरोप लगाई देश निकाला गर्न लगाएकी थिइन् । जसोतसो खोजेर महाराज भर्तृहरीले भाइ विक्रमादित्यसँग माफी मागे र उनलाई राजा बनाए अनि आफूले सन्यास लिए ।
सन्यास जीवनमा भर्तृहरिले दुईवटा ग्रन्थको रचना गरे
१) वैराग्य शतक (यसले नारीको सद्गुण र दुर्गुण दुवैको वर्णन गर्दछ।)
२) नीति शतक (यसमा राजनीति र दुष्ट महिलाबाट बच्ने उपायको वर्णन छ।)
यी दुवै पुस्तकमा एउटा साझा कुरा के छ भने दुवै पुस्तकमा स्त्रीका गुण–अवगुणहरू बताइएका छन् र त्यसमा सजग रहन सिकाइएको छ । यी दुवै पुस्तक संस्कृत भाषामा छन्। र आज पनि सान्दर्भिकतायुक्त छन् । राजा भर्तृहरिले पिंगलासँगको समयमा श्रृङ्गार शतक पनि लेखेका थिए ।
आज पनि भारतको उज्जैनमा भर्तृहरि महाराजले तपस्या गरेको गुफा छ ।