Sat2024 July 27
२०८१ साउन १२, शनिबार

ईलाका प्रहरी कार्यालय बुटवल र सामुदायिक प्रहरी सेवा केन्द्रबीच अन्तरक्रिया सम्पन्न

17

 

भदौ २७, रुपन्देही । ईलाका प्रहरी कार्यालय बुटवल र सामुदायिक प्रहरी सेवा केन्द्र गोलपार्क बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बुटवलको गोलपार्कमा ईप्रका बुटवल प्रहरी र सेवा केन्द्रबीच उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम ईप्रका बुटवलको कार्यालयमा भएको थियो ।

कार्यक्रममा सेवा केन्द्रका का.वा. अध्यक्ष माया ढकाल, सचिव रामकृष्ण पछाई, कोषाध्यक्ष दिपक पौडेल, सदस्य पुनम लिगल, टेक बहादुर रावल, मोहन खड्का, राज बर्धन लगायतका पदाधिकारीहरुको सहभागिता थियो भने ईप्रका बुटवलको तर्फबाट डिएसपी दानबहादुर थापा, असई ध्रुव कुँवर लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने क्रममा डिएसपी थापाले सामाजिक गतिविधिहरुमा सेवा केन्द्रको सक्रियता न्यून रहेकाले सार्वजनिक महत्वका सामाजिक क्रियाकलापहरुमा सक्रियता बढाउन सुझाव दिएका थिए । थापाले महिला हिंसा, जातीय हिंसा जस्ता विभिन्न सांगठनिक अपराधहरु बढ्दो अवस्थामा रहेकाले त्यसतर्फ प्रहरी संगठन र समुदाय दुबैले चासो राख्नुपर्ने कुरामा जोड दिएका थिए ।

माया ढकाल र रामकृष्ण पछाईले विभिन्न राजनीतिक दलको खिचातानी र अन्य भइपरि आउने विषयका कारणले सामुदायिक सेवा केन्द्रको सक्रियता प्रभावित भएकोमा अबदेखि त्यस्तो कुनै प्रभावमा नपरी सामाजिक गतिविधिहरुमा प्रहरीसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा डिएसपी थापाले विकृति विसँगती आमा बुवा र समाजकै बौद्धिक वर्गका स–साना गल्तीले निम्तिने हुँदा त्यसले पछि गएर ठूला अपराधिक घटना गराउन सक्ने प्रबल सम्भावना रहेकाले आफ्ना बालबच्चाहरुलाई मोबाइल चलाउने र इन्टरनेट सुविधाको दुरुपयोग हुनेगरि स्वतन्त्रता दिन नहुने कुरामा प्रकाश पारेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर