Mon2024 September 16
२०८१ भदौ ३१, सोमबार

उच्च अदालतले पल शाहलाई दिएको सफाई सम्बन्धी मुद्दा सर्वाेच्चले हेर्ने

20

काठमाडौं, मंसिर ३०

एक नाबालिगलाई यौन दुरुपयोग गरेको द्दामा नवलपुर जिल्ला अदालतको फैसला उल्ट्याँउदै उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाहको मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने भएको छ ।

उच्च अदालतका तत्कालीन कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आरोपको दावी नपुग्ने ठहर गर्दै २०७९ फागुन १४ गते पल शाहलाई सफाइ दिएको थियो । उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले उच्चको फैसला दोहोर्याएर हेर्न अनुमति दिएको हो ।

उच्च अदालतका न्यायाधीशले पल शाहको मुद्दामा प्रमाणको मूल्यांकन राम्रोसँग नगरेको, कानुनहरूको व्याख्या त्रुटिपूर्ण तरिकाले गरेको र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालते प्रतिपादन गरेका सिद्धान्तको प्रतिकूल हुने गरी सफाइ दिएको भन्दै सरकारी वकिल सर्वोच्चमा गएका थिए ।

माथेमा र फुयालको गत मंसिर २२ गतेको आदेशमा भनिएको छ– ‘यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज.११ मा गरेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटि र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भएकाले प्रस्तुत मुद्दा दोहोर्याइ हेर्ने अनुमति प्रदान गरिएको छ ।’

 

शाहलाई बाल यौन दुरूपयोग मुद्धामा नवलपुर जिल्ला अदालतले पल शाहलाई २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने गरेको थियो ।

यता, तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिने फैसला गरेको थियो । बलात्कारको मुद्धा लागेपछि पल शाहले ०७८ फागुन १४ गते जिल्ला प्रहरी कार्यालय तनहुँ समक्ष आत्मसमर्पण गरेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x