Sat2024 July 27
२०८१ साउन १२, शनिबार

उत्तरपश्चिम चीनमा भूकम्प : मृत्यु हुनेको संख्या १११ पुग्यो

18

काठमाडौं । उत्तरपश्चिम चीनमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १११ पुगेको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको हो ।

२२० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ ।

आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ । गान्सु स्वास्थ्य विभागले घटनास्थलमा ३३ एम्बुलेन्स र अन्य व्यावसायिक सवारी साधन र १७३ जना स्वास्थ्यकर्मीलाई पठाएको छ। छिङहाई प्रान्तले पनि घटनास्थलमा उद्धार कार्य सञ्चालन गर्न ६८ एम्बुलेन्स र ४० भन्दा बढी प्रान्तीय र नगरपालिका विज्ञहरू पठाएको छ। प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर र १०,००० भन्दा बढी उपकरणसहित ५८० उद्धारकर्तालाई विपद् क्षेत्रमा पठाएको छ।

गान्सु र छिमेकी छिङहाई प्रान्तका केही भागमा ठूलो भूकम्प गएको छ। स्थानीय समय अनुसार सोमबार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । चीनको लान्झाउबाट १०२ किलोमिटर पश्चिम-दक्षिणपश्चिममा रहेको भूकम्प ३५ किलोमिटर (२१.७५ माइल) गहिराइमा रहेको EMSC ले रिपोर्ट गरेको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर