Sat2024 July 27
२०८१ साउन १२, शनिबार

उत्तरपश्चिम नेपालको शक्तिशाली भूकम्पमा कम्तीमा १२८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या बढ्न सक्ने

15

पश्चिम नेपालमा शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । राति ११ बजेर ४७ मिनेटमा जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शनिबार बिहान ३ बजेसम्मको विवरणअनुसार जाजरकोट र पश्चिम रुकुममा सबैभन्दा बढी क्षति जाजरकोटमा मात्र ४४ जनाको मृत्यु भएको जाजरकोट जिल्लाका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । मृत्यु हुनेमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह पनि रहेको रोकाले जानकारी दिए ।

 

May be an image of 1 person and text

जाजरकोटमा ५५ भन्दा बढी घाइते भएका छन् । उनीहरुमध्ये ५ जनाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा ल्याइएको छ भने अन्यको जिल्लाका विभिन्न चिकित्सा संस्थानमा उपचार भइरहेको छ । त्यसैगरी रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३६ पुगेको प्रारम्भिक तथ्यांकले देखाएको पश्चिम रुकुम जिल्लाका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । आठबिसकोट नगरपालिकामा ३६ र सानीभेरी गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिममा घाइते हुनेको संख्या ८५ पुगेको छ । गम्भीर घाइते एक जनाको मेडिभ्याक गर्ने तयारी भइरहेको छ भने अन्यको जिल्ला अस्पताल, चौरजहारी अस्पताल र अन्य स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।भूकम्पले जाजरकोट जिल्लाको भेरी, नलगाड, कुशे, बारेकोट र चेडागढलाई नराम्ररी प्रभावित गरेको छ । जिल्लाका सबै सुरक्षाकर्मी खोजी तथा उद्धार कार्यमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

यसअघि असोज २२ गते बिहान ७ बजेर ३९ मिनेटमा काठमाडौं उपत्यका र आसपासका जिल्लामा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । क्षति वा हताहतको कुनै रिपोर्ट छैन। तिब्बती र भारतीय टेक्टोनिक प्लेटहरू मिल्ने र प्रत्येक शताब्दीमा एक अर्काको दुई मिटर नजिक पुग्ने पहाडमा अवस्थित नेपालमा भूकम्पहरू सामान्य छन् जसको परिणाम भूकम्पको रूपमा निस्कन्छ। सन् २०१५ मा ७.८ म्याग्निच्युडको भूकम्प र त्यसपछिका परकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो ।

सरकारको विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) प्रतिवेदनमा नेपाल विश्वको ११औँ भूकम्पीय जोखिममा रहेको देश हो । प्रधानमन्त्री दाहालले तत्काल उद्धार र राहतका लागि सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विपद्प्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहत कार्यमा लाग्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार राति गएको भूकम्पमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतका लागि तीनवटै सुरक्षा निकायलाई परिचालन गरेका छन्,’ प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर