Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा आजदेखि सुरु

18

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु हुनेछ ।

शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले बताए । उनका अनुसार देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे पनि छलफल गरिने छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची समेत रहेको भुसालले बताए । विधान संशोधन गर्न एकीकृत समाजवादीले आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर