Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

15

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तय गर्न आजका लागि सचिवालय बैठक बोलाएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बोलाइएको हो ।

यसअघि नेकपा एसले आगामी माघमा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । त्यो समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन आजका लागि लागि सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा अन्तरपार्टी निर्देशन (अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, र कार्यविभाजन गर्नेदेखि विभिन्न कमिटीमा प्रतिनिधि मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने खतिवडाले जानकारी दिए ।

साथै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तथा पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर पार्टी सङ्गठन विस्तार र पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना बनाउनेलगायतका विविध विषयमा छलफल गर्ने बताइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर