Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एक्सट्रिम फिटनेस क्लबको तीज मिलन कार्यक्रम सम्पन्न

20

भाद्र १६, रुपन्देही । तिलोत्तमा एक्सट्रिम फिटनेस कल्बको आयोजनामा ड्राइभरटोल स्थित होटेल टुलिपमा तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नं १ ड्राइभरटोल स्थित प्रशिक्षकका दम्पति मन बहादुर राना मगर र पार्वती राना मगर द्वारा संचालित एक्सट्रिम फिटनेस क्ल्बले विद्यार्थीहरुको शारीरिक र मानसिक स्वास्थयलाई ध्यानमा राख्दै तीजको अवसरमा नयाँ तथा पुराना विद्यार्थी भेटघाटका उद्देश्यले कार्यक्रम आयोजना गरिएको संचालक रानाले जानकारी दिए ।

प्रत्यक्ष रूपमा मानिसको आहार–बिहार र व्यवहारसँग सम्बन्ध राख्ने मानव स्वास्थ्यलाई चुस्त दुरुस्त तथा सुगठित बनाउन क्लबले युवा जमात माझ विशेष लोकप्रियता हासिल गरेको छ भने महिला विद्यार्थीका लागि जीवन साथी पार्वती रानाले जुम्बा प्रशिक्षकको रूपमा विशेष भूमिका निर्वाह गर्दै आएको प्रशिक्षक रानाले बताए ।

शारीरिक सुगठनका विभिन्न प्रतियोगितामा प्रतियोगीको रूपमा सहभागी भइसकेका राना विद्यार्थीहरु बीच बोलिमा नरम तर व्यवहारमा कडा प्रशिक्षकका रूपमा चिनिन्छन् । यसै सन्दर्भमा क्लबले महिला सहभागीहरु बीच पुश अप, वालसिट र प्ल्यान्क च्यालेन्ज आयोजना गरेको थियो । दिदिबहिनीहरुको निकै रोचक सहभागिता रहेको उक्त च्यालेन्जमा पुश अपतर्फ भिमा काउछा र भगवती भटराई , वालसिटतर्फ रशमी भटराई र प्ल्यान्क च्यालेन्जतर्फ सरिता मल्ल विजेता घोषित भएका थिए । विजेजाहरुलाई क्रमशः पदम न्यौपाने , सागर भुर्तेल र सुनिल झाले नगद पुरस्कार स्पोन्सर गरेका थिए ।

कार्यक्रमको मुख्य केन्द्र बिन्दु हाल बजारमा “माया पल्टनको लाहुरे“ बोलको चर्चामा रहेको गीतका कलाकार कला सुप्थिहाङ राईको प्रमुख आतिथ्यता तथा कल्बका संचालक मन बहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा संचालक द्वारा मोडलिङ गरिएको एल्बम लाहुरेनीका कलाकार कला सुप्थिहाङ राइको लाइभ प्रस्तुतिमा निकै उत्साहपूर्ण सहभागिता रहेको थियो ।


उक्त कार्यक्रम आउँदै गरेको हरितालिका तीज र संचालक रानाको व्यवसायिक तथा लाहुरेनी एलबमको साँगीतिज यात्रा सफलताको शुभकामना आदानप्रदान गर्दै करिब ७० जनाको सार्थक सहभागितामा भव्यताका साथ सम्पन्न भएको थियो । भू.पू. सैनिकहरुद्वारा सञ्चालित वीरगाथा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष गितारानी बलालको पनि कार्यक्रममा अतिथिका रुपमा उपस्थिति रहेको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर