Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एक बिलियन डलर क्षतिपूर्ति माग गर्दै रोनाल्डोमाथि मुद्दा

18

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिस्चियानो रोनाल्डोमाथि क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी बाइनान्सले जारी गरेको क्रिप्टो टोकनको प्रचार गरेको घटनामा कारबाही माग गर्दै मुद्दा दायर गरिएको छ। रोनाल्डोमाथि घाटाको व्यापारमा लगानी गर्न प्रेरित गरेको आरोप लगाइएको छ। उनीमाथि फ्लोरिडाको अदालतमा सोमबार मुद्दा दायर गरिएको हो। रोनाल्डोजस्ता उच्च प्रोफाइल खेलाडीले क्रिप्टोको प्रचार गर्दा असुरक्षित लगानीमा प्रेरित गरेको मुद्दामा दाबी गरिएको छ। उनीमाथि कम्तिमा १ बिलियन डलर क्षतिपूर्तिको माग गरिएको छ।

बाइनान्स विश्वको प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्ज मध्ये एक हो। बाइनान्सको नन-फन्जिबल टोकन (एनटिएफ) लाई प्रचार गर्न रोनाल्डोले सम्झौता गरेका थिए। त्यतिबेला बाइनान्सले रोनाल्डोको लोकप्रियता र पहुँचको फाइदा उठाएर नयाँ प्रयोगकर्तालाई आकर्षित गर्ने उद्देश्य राखेको बताइएको छ। गत २०२२ नोभेम्बरमा रोनाल्डोले कम्पनीसँग टोकन प्रचार गर्न सम्झौता गरेका थिए। त्यतिबेला टोकनको जसबैभन्दा सस्तो मूल्य ७७ डलर थियो। एक वर्ष पछि यसको मूल्य १ डलरमा झरेको छ। त्यतिबेला एनटिएफले सिआर-७ टोकनको घोषणा गरेको थियो।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर