Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एक लाख २५ हजार घुससहित नापी सर्वेक्षक र विचौलिया पक्राउ

16
akhtiyar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख २५ हजार रुपैयाँ घुस लिएको आरोपमा नापी सर्वेक्षक र एक विचौलियालाई नियन्त्रणमा लिएको छ।

नापी कार्यालय भद्रपुरका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई घुस लिइसकेको अवस्थामा सोमबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा इटहरी कार्यालयबाट खटिएको टोलिले उनीहरुलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

सेवाग्रहीसँग लिएको ७० हजार नगद र ५५ हजारको चेकसहित उनीहरुलाई भद्रपुर नगरपालिका–७ चन्द्रगढीबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर