Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एडमण्ड सिटि अस्पतालमा ECHS सेवा व्यवस्थित रुपमा सञ्चालित

17

 

असोज 19 ।
एडमण्ड सिटि अस्पतालमा ECHS सेवा व्यवस्थित रुपमा सञ्चालन भएको छ । संयुक्त भूपू सैनिक एवम प्रहरी कल्याणकारी महासंघ नेपाल एवम सयुक्त पूर्ब सैनिक कल्याणकारी संघ रुपन्देहीको लगायत बुद्धिजीवी समाजसेवी, राजनीतिक नेताको अथक प्रयास एवम भारतीय सरकारको पहलमा बुटवल-13 बेलबासमा लामो समयदेखि स्वास्थ्य सेवा दिदै आइरहेको सुबिधा सम्पन्न 50 बेडको (100 बेडको प्रोसेसमा रहेको) एडमन्ड सिटि अस्पतालमा केहि समय अघि मात्र ECHS सेवा लागु भएको हो।

यहाँ, 10 बेडको ICU , (3 बेडको NICU, र 6 बेडको HDU को प्रोसेसमा रहेको) सहित, २४ सै घण्टा ईमजेन्सी, फार्मेसी, आईसियू, एचडियू, अपरेशन , प्याथोलोजी सेवा (सुगर, युरिक एसिड, कलेजोको जाँच, मृगौलाको जाँच, मुटुको जाँच, थाइराइडको जाँच, दिसापिसाव जाँच, वीर्य जाँच, खकार जाँच, ) ,विशेष हाडजोर्नी, मेरुदण्ड, बाथ रोग, नशा रोग, स्पाइनल तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ सेवा ,जोर्नी खिइएको विशेष शल्यक्रिया, नशा च्यापिएको उपचार ,क्यान्सर रोग सम्बन्धी विशेषज्ञ सेवा (हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार)  स्त्री रोग सम्बन्धी ‌दैनिक ओपिडी सेवा ,मेडिसिन ओपिडी सेवा (पेट, छाती, मुटु, थाइराइड, सरुवा रोग, प्रेसर तथा मधुमेह रोग बिशेषज्ञ सेवा) , मनोरोग विशेषज्ञ सेवा (टाउँको नशा रोग, निद्रा नलाग्ने, यौन रोग, छारे रोग, लागु पदार्थ) , नाक, कान तथा घाटी रोग विशेषज्ञ सेवा , भिडियो एक्सरे, इसिजी अल्ट्रासाउन्ड सहितको सुबिधा रहेको छ।

यस अस्पतालमा भारतीय भूपूहरु र उन्का परिरिवरलाई ECHS सेवा केहि दिन देहि संचालनमा आएको थियो भने यहि असोज 21 गते आइतबारको दिन उक्त ECHS (Ex-Serviceman Contributory Health Scheme) को लुम्बिनी प्रदेशका स्वास्थमन्त्री माननीय राजु खनाल ज्युबाट बिधिवत समुद्दघाटन हुने भएको छ। यहाँ भारतीय सेनाबाट सेवा निवृत्त भएर पेन्सन आएका भूपू  सैनिक तथा उनीहरुका परिबारलाई नि:शुल्क सम्पूर्ण उपचार गरिन्छ। यसको लागि बुटवल फूलबारी पेन्सन क्याम्पमा रहेको पोलिक्लिनिकबाट रिफरल ल्याउनु जरुरी हुन्छ भने इमर्जेन्सि बिरामीले बिना रिफरको भर्ना हुन पाउने छन् ।

अस्पतालमा रहेको ECHS विभागमा आफ्नो ECHS कार्ड Active गरे पाश्चात सम्पूर्ण उपचार नि:शुल्क हुने गर्छ। लोक सारथी मिडिया आजै अस्पतालका अध्यक्ष श्री प्रकाश राना ज्युसँगभेट भएर कुराकानी गरेको थियो। कार्ड नभएका भूपू सैनिकहरु लाई पनि केही सहुलियतमा उपचारको लागि पहल गर्ने कुरा अध्यक्ष ज्युबाट जानाकारी भएको छ भने भूपू सैनिकहरुलाई सकभर मिलिटरि अस्पतालकै बातावरणमा उपचार गर्ने गराउने कुरामा अध्यक्ष ज्युले जोड दिनु भयो। ECHS भित्र पर्ने केहि सुबिधाहरु सम्झौतामा छुटेका छन यसबारे के पहल गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा, अनुगमन हुदा केहि कम्जोरि भए होलान त्यतिबेला छुटेका सुबिधाहरु सुचारु गर्न गराउन हामि पहल गरेका छौ र छिट्टै हुने आश्वसन समेत दिनुभयो। गुल्मि, अर्घाखांचि, रोल्पा रुकुम, पाल्पा, स्याङ्जा , रुपन्देही, कपिल्बस्तु, नवलपरासी लगायतका थुप्रै जिल्लाका बसोबास गर्ने हजारौ लाखौ भूपू सैनिकहरुले यस सुविधाको फाइदा लिन सक्ने बताउनुभयो।

लोकसारथी मिडियाकै माध्यमद्वारा सम्पूर्ण  भूपू सैनिकलाई यस अस्पतालमा रहेको ECHS को भरपुर लाभ लिन समेत अध्यक्ष राना ज्युले आग्रह गर्नु भयो। आउँदो असोज 21 मा हुने समुद्दघाटन कार्यक्रममा सम्पूर्ण भूपू सैनिक परिबारहरु उपस्थित भै यस अस्पतालको गरिमा बढाउन समेत अध्यक्ष राना ज्युले अनुरोध गर्नुभयो।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर